बेरुजु र भ्रष्टाचरबिच समानता र भिन्नता लेख्नुहोस्।

प्रश्न QN.1) बेरुजु र भ्रष्टाचरबिच समानता र भिन्नता लेख्नुहोस्।

बेरुजु र भ्रष्टाचार विचको समानता

बेरुजु भ्रष्टाचारको एक अंश भनिने भयकोले उनिहरुबिच केहि समानता रहेका छन जसलाई देहायबमोजिम प्रस्तुत गरिएका छन्

  1. यिँ दुबै आर्थिक अनुशासन विपरितका कार्य हुन,
  2. सार्बजनिक सम्पत्तिको दोहनमा भ्रष्टाचार र बेरुजु सक्रिय हुन्छन,
  3. वेरुजुलाई नै फरक गर्न नसकियमा भ्रष्टाचार देख्न पर्छ,
  4. यि दुबै कार्यमा सार्बजनिक पदाधिकारि संलग्न हुन्छन,
  5. यि दुबैले लेखा सर्ब मान्य सिद्धान्त मापदण्ड र मानदण्ड बिपरितको कार्य पर्दछन,
  6. भ्रष्टाचारको जराको रुपमा बेरुजु रहेको हुन्छ र बेरुजुको नकरात्मक नतिजा भ्रष्टाचारमा देखा पर्छ,
  7. यि दुबैले उत्पत्तिसार्बजनिक पद धारण गरेको ब्यक्तिको जगत मनसाय र अज्ञानताका कारण उत्पत्ति हुन्छ
  8. यि दुबै बजेट कार्यान्वयनका बाधक तथा योजना लागुका असरहरु हुन

बेरुजु र भ्रष्टाचारबिच भिन्नता

ताक्तिक रुपमा बेरुजु र भ्रष्टाचार एकै भयपनि तुलनात्मक रुपमा यिनिहरु फरक बिषय हुन जसको फरकलाई निम्नानुसार छन्/ उल्लेख गर्न सकिन्छ्।:

क्र.स बेरुजु भ्रष्टाचार
प्रचलित कानुनबमोजिम रीत नपुर्याई आर्थिक कारोबार गरेको, राख्नुपर्ने लेखा नराखिएको वा बिल-भरपाई तथा प्रमाण पेश नगरिएको अनियमित वा पुष्टि नभएको रकमलाई बेरुजु भनिन्छ। कुनै पनि ब्याक्तिले आफ्नो पदीय मर्यादा विपरीत गर्ने सबै किसिमका गैरकानुनी र अनैतिक क्रियाकलापहरू लाई भ्रष्टाचार भनिन्छ।
बेरुजु अर्थिक अनुसासन बिपरितको कार्य हो। आर्थिक, सामाजिक, नैतिक बिपरितको कार्य हो।
बेरुजुको क्षरत्र तुलनात्मक रुपमा सानो हुन्छ। भ्रष्टाचारको क्षेत्र तुलनात्मक रुपमा ब्यापक हुन्छ।
बेरुजु फ्छ्यौट गर्न सकिन्छ। भ्रष्टाचार फ्छ्यौट गर्न सकिदैन तर कार्बाहि गर्न सकिन्छ।
बेरुजु फ्छ्यौट गर्ने प्रमुख जुम्मेवारि कार्यालय प्रमुखको हुन्छ। भ्रष्टाचार निबारण गर्ने प्रमुख जिम्मेवारि सरोकारवाला सम्पुर्णको हुन्छ।
बेरुजु गलत तरिकाको लेखाको नतिजा हो। भ्रष्टाचार गलत मनसायको नतिजा हो।
बेरुजु पत्ता लगाउने तथा फछ्यौट गर्ने कार्यमा म.ले.प, म.ले.नि.का, प्र.ले.नि.का, को.ले.नि.का बेरुजु फ्छ्यौट समिति सार्बजनिक लेखा समितिको संलग्न हुन्छ। भ्रष्टाचार नियौल तथा नियन्त्रण कार्यमा, अख्तियार, अनुसन्धान आयोग तिन तहका अदालत तथा बिशिष्टिकृत अदालत संलग्न हुन्छन
बेरुजु फछ्यौट कार्यकालागि आर्थिक कार्यबिधि तथा बित्तिय ऊत्तरदाइत्व ऐन, २०७६ र नियमावलि २०७७ प्रचलनमा छन। भ्रष्टाचार निबारण कार्यकालागि विशिष्टिकृत कानुनको रुपमा भ्रष्टाचार ऐन,२०५९ प्रयोग र प्रचलनमा छ

अन्त्यमा

भ्रष्टाचार बेरुजु समाज बिकासका धमिरा तथा राज्यका क्यान्सर (रोग) हुन यिनिहरुको निबारण र समाधानको लागि सरकार नागरिक समाज संबैधानिक निकाय तथा आम नागरिकको सकरात्मक भुमिका भुमिका आवश्यको पर्दछ।

प्रतिक्रियाहरू (0)